बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

पाल्पा–२ रास्वपाका डा. माधवबहादुर थापा विजयी

काठमाडौं । पाल्पा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गएको बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम मतपरिणामअनुसार उनले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।

त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए । यहाँ यसअघिको चुनावमा एमालेका ठाकुर गैरे विजयी भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x