शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

सोलुखुम्बु १ मा कांग्रेसका प्रकाश सिंह कार्की विजयी

काठमाडौं । प्रतिनिधि सभा चुनावमा सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की विजयी भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत ल्याएका छन् ।

कांग्रेसका कार्की नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजयी भएका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी लेनिनवादी) नेकपा एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत ल्याएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषि धन राईले ३ हजार ६४२ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत प्राप्त गरे।

यसैगरी उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८ मत, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ मत र आम जनता पार्टीका गुणराज एफ भट्टराईले ४२ मत प्राप्त गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x