शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

डोल्पा १ मा नेकपाका धनबहादुर बुढा विजयी

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी भएका छन् । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई १ हजार ४०६ मतान्तरमा ६ हजार ८०२ मत ल्याएर विजयी भएका छन् । रोकायले ५ हजार ३९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए।

त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गरेका छन् । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यहाँ २५ हजार पाँच कुल मतदाता सङ्ख्या रहेको यो निर्वाचन क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x