आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सिरहा–१ मा रास्वपाका बब्लु गुप्ता विजयी

काठमाडौं । सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गएको बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७८४ मत ल्याएका छन् ।

नेकपा (एमाले)का रामशङ्कर यादवले ७ हजार ८६६ मत प्राप्त गरे । यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले २ हजार २८५ मत पाएका छन् । नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x