आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

हर्कलाई बालेनले भने– तपाईं र धरानलाई सधैँ माया छ

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट आफू पहिलो भएको घोषणा गरेपछि रास्वपा नेता प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिएका छन्।

साम्पाङले आइतबार सामाजिक सञ्जालबाट यस्तो घोषणा गरेपछि बालेनले पनि त्यसमा कमेन्ट गर्दै हर्क र धरानलाई सधैँ आफ्नो माया रहेको प्रतिक्रिया दिएका हुन् । “लु अब चाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!” साम्पाङले फेसबुकमा लेखेका थिए ।यसपछि बालेनले उक्त पोस्टमा प्रतिक्रिया दिँदै भने, “तपाईंलाई सधैँ माया थियो, छ र रहनेछ। तपाईं र धरानलाई सधैँ माया छ ।” साम्पाङले बालेन र रास्वपाको चर्को आलोचना गर्दै आएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x