३० आश्विन २०८३, शुक्रबार

समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना

0
Shares


काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८३ लाख ८२ हजार ९८४ मत गणना भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ५० हजार ७५३ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १३ लाख ६१ हजार ४३१, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ११ लाख ५१ हजार २५६, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ९२ हजार ४१०, श्रम संस्कृति पार्टीले दुई लाख ९२ हजार ६३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७७ हजार १३ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।