आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सर्लाही र सिन्धुलीमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । सर्लाही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका(७ गैरस्थित सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

गैरबाट कविलासीतर्फ जाँदै गरेको बिआर ३० एपि २३१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक कविलासी नगरपालिका(८ का २३ वर्षीय पपु साहको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको छ। सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारका लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका(९ इनारपानीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। सिन्धुलीबाट दुधौलीतर्फ जाँदै गरेको प्र।१(०५(००१ प ९५५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ८२ वर्षीया कौशिला माया गिरीको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी गिरीलाई तत्काल उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दीबास पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भयो। दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x