बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

रास्वपाले कटायो ४१ लाख मत, श्रम संस्कृतिको दुई लाख ९७ हजार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४१ लाख मत कटाएको छ । सोमबार (फागुन २५) बिहान ११ः५० बजेसम्म ८५ लाख दुई हजार ८४२ मतगणना हुँदा रास्वपाले ४१ लाख १० हजार ६९४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ७७ हजार ७१७ मत प्राप्त गरेको छ ।

नेकपा (एमाले) ११ लाख ६२ हजार ७०२ मत ल्याएर तेस्रो स्थानमा छ ।

नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ६ लाखनजिक पुगेको छ । चौथो स्थानमा रहेको नेकपाले पाँच लाख ९९ हजार ५९४ मत पाएको छ ।

श्रम संस्कृति पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई उछिनेको छ । श्रम संस्कृतिले दुई लाख ९७ हजार ४२१ मत पाएको छ । राप्रपाले दुई लाख ८० हजार ३५ मत ल्याएको आयोगले जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालले एक लाख २९ हजार ३२३, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख २३ हजार ६२१ मत पाएको छ । समानुपातिकतर्फ कुल एक करोड नौ लाख मत खसेको आयोगले जनाएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x