प्रत्यक्षतर्फ मतगणना सम्पन्न
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दै स्पष्ट वर्चस्व कायम गरेको छ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस १८ क्षेत्रमा विजयी हुँदा नेकपा एमालेले ९ सिट जितेको छ। त्यस्तै नेकपा ७ क्षेत्रमा विजयी भएको छ भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी एक क्षेत्रमा मात्र विजयी भएको छ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन्। यस निर्वाचनमा लामो समयदेखि राजनीति गर्दै आएका पुराना दलहरूलाई ठूलो धक्का लागेको छ भने नयाँ दलका रूपमा उदाएको रास्वपाले प्रमुख दलहरूलाई पछि पार्दै उल्लेखनीय सफलता हासिल गरेको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE