आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

धनुषा–१ बाट निर्वाचित नेकपाका यादवलाई आयाेगले दियाे प्रमाणपत्र

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेका बेला कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।

धनुषा–१ मा नेकपाका मातृकाप्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ र नेकपा (एमाले) का रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका छन् ।

यसअघि धनुषा–१ मा रास्वपा किशोरी साह कालोसूचीमा भएको उल्लेख गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । यो निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले हिजो यस रिटमा सुनुवाइ गर्दै आउँदो शुक्रवारका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x