३० आश्विन २०८३, शुक्रबार

अब बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्छ: खरेल

0
Shares


काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब बन्ने सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।मंगलबार ललितपुरमा जेनजी शहीद विनोद महर्जनको परिवारसँग भेट गर्दै खरेलले जेनजी आन्दोलनको जगमा निर्वाचन भएको भन्दै अव बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका हुन् ।

ललितपुर २ मा रास्वपाका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका खरेलले वर्तमान सरकारले मन्त्रिपरिषद्बाट उक्त प्रतिवेदनका बारेमा आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे । आयोगले सुझाएका कुरा, सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्नु आगामी सरकारको दायित्व समेत हुने उनको भनाइ छ ।त्यस्तै खरेलले भ्रष्टाचार अन्त्य, सुशासन कायम र देशमा नै शिक्षा, रोजगारी, स्वास्थ्य लगायतका लागि भएको आन्दोलनको मर्मलाई गम्भीरतामा राखेर अघि बढ्ने स्पष्ट पारे ।

उनले युवाहरूले गरेको क्रान्तिलाई अव रास्वपाले पूर्णता दिने र मुलुकलाई परिवर्तन गरेरै छाड्ने धारणा राखे ।