निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि विशेष महाधिवेशनको औचित्य सकियो : जीतजंग बस्नेत
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले पार्टीमा गरिएको विशेष महाधिवेशनका औचित्य सकिएको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अस्वभाविक पराजय व्यहोरेकाले विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् ।उनले कांग्रेसलाई पुनः ‘रिभाइभ गर्नुपर्ने बताए ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नजिकिएका बेलामा पार्टीको विशेष महाधिवेशन गरेकाले निर्वाचनमा कांग्रेसले यस्तो अवस्था भोग्नुपरेको उनको भनाइ छ ।‘पार्टीले निर्वाचनमा अप्रत्यासित हार व्यहोर्यो । यसले विशेष महाधिवेशनको औचित्य सकियो,’ बस्नेतले भने, ‘अब कांग्रेसलाई रिभाइभ गर्नका लागि नियमित महाधिवेशन गरेर अगाडि बढनुपर्छ । कांग्रेस रिभाइभ हुन्छ ।’
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने भए पनि नदिनका लागि ‘मिडिया ट्रायल’ गरिरहेको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE