बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

कृष्णप्रसाद सिटौलाले गरे मत हाल्न नगएको भन्ने प्रश्नको खण्डन

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा आफू र निवर्तमान संस्थापनका नेताहरू मत हाल्न गृहजिल्ला नगएको भन्ने प्रश्नको खण्डन गरेका छन् ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारहरूले पार्टीभित्रको आन्तरिक विवादका कारण तपाईंहरू प्रतिनिधिसभा निर्वाचनमा मत हाल्न गृहजिल्ला नगएको कुरा आएको छ, के त्यो सत्य हो भन्दै प्रश्न सोधेका थिए । त्यो प्रश्न सिटौलाले खण्डन गरेका हुन् । ‘हामी मत हाल्न नगएको भन्दै बाहिर आइरहेका कुरामा सत्यता छैन । हामी आ–आफ्नो ठाँउमा मत हाल्न गयौँ । मत हाल्न जान भन्ने ठाँउमा पनि भनेका हौँ,’ सिटौलाले पत्रकारहरूसँग भने, ‘अहिले अनावश्यक रूपमा हल्ला बाहिर ल्याउने काम भइरहेको छ ।’

उनले पार्टीभित्र रहेको आन्तरिक विवाद सर्वोच्च अदालतले छिटै टुग्यांउने विश्वास व्यक्त गरे । आन्तरिक विवाद मिलेपछि पार्टी ‘रिभाइभ’ हुने सिटौलाको भनाइ थियो । ‘सर्वोच्च अदालतमा पार्टीको आन्तरिक विवादसम्बन्धी मुद्दा विचाराधिन छ । अदालतले एउटा निर्णय दिएपछि हामी एकजुट भएर अगाडि बढ्छौँ । पार्टी रिभाइभ हुन्छ,’ सिटौलाले भने ।कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले प्रतिनिधिसभा निर्वाचनआ आएको नतिजालाई अप्रत्यासित रूपमा लिएको बताउँदै सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनले गर्ने कामका आधारमा सहयोग गर्ने कि विरोध गर्ने भन्ने तय गरिने जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x