सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सिरहा अदालत अगाडि बम विस्फोट

काठमाडौँ । सिरहा सदरमुकाममा बम विस्फोट भएको छ । सदरमुकामस्थित सिरहा जिल्ला अदालतको अगाडिमा रहेको मधेश ुलु फर्ममा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो ४ बजे बजे भएको बम विस्फोटमा एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको छ ।सुतली बम भएको प्रारम्भिक अनुमान गरिए पनि अहिले सुरक्षा निकायको टोली घटनास्थलमै रहेको र थप अनुसन्धान कार्य भइरहेको एसपी पाठकले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x