आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

सरकार गठनको गृहकार्य तिव्र पार्दै रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले सरकार गठनको गृहकार्य तिव्र पारेको छ । निर्वाचन आयोगले समानुपातिक सिट टुंगो लगाएसँगै रास्वपा सरकार गठनमा जुटेको हो । रास्वपाले प्रत्यक्षमा १ सय २५ सिट जितेको छ भने प्रत्यक्षमा ५७ सिट पाएको छ ।

रास्वपाले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री नियुक्तिको बाटो खोल्दैछ । पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्था रास्वपाले संशोधन गर्न लागेको हो । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा १ सय ८२ सांसद भएको रास्वपा संसदीय दलको नेता चयन भएपछि शाहलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

पार्टी शीर्ष नेतृत्वको सल्लाहमा नै सचिवालय बैठक र केन्द्रीय समिति बैठक बोलाएर विधान संशोधन गर्नेबारे सल्लाह भइरहेको बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको नाम तीन दिनभित्र बुझाउन निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दलहरूलाई पत्र पठाएको छ । रास्वपाले समानुपातिकबाट ५७ जनाको नाम पठाउनुपर्नेछ ।

सचिवालय बैठक बसेर समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नाम टुंगो लगाइने रास्वपाले जनाएकोछ । समानुपातिक सांसदले प्रमाणपत्र पाएलगत्तै चैत ५ भित्रै संसदीय दलको नेता चयन गर्ने, प्रधानमन्त्रीको नियुक्ति शपथ लिने र मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको रास्वपाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x