कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको एजेन्डामा विशेष गरी १० समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्या अनुसार प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषय समावेश छ।
बैठकका सम्बन्धमा जानकारी दिँदै नेपाली कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले उपस्थितिका लागि सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE