आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सुन तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो

आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५२७० रुपैयाँमा झरेको छ । यसअघि गत माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x