सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सर्वोच्च अदालतले किशोरी यादवको पक्षमा दिएन अन्तरिम आदेश, मातृका यादवको प्रमाणपत्र कायम रहने

काठमाडाैं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ ।

निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी किशोरी साह अन्तरिम आदेश समेत माग गरी सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले उनको हकमा अन्तरिम आदेश जारी गर्न नपर्ने भनेको हो ।

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासको यो आदेशसँगै हाललाई निर्वाचन आयोगको निर्णय यथावत रहेको छ । त्यसो हुँदा मात्रिका यादव निर्वाचित हुने भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय सदर हुने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x