सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते रातिदेखि लागू हुने गरी समायोजन गरिएको छ ।

मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ । जसअनुसार, पेट्रोल पहिलो वर्गको प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा,दोस्रो वर्ग प्रतिलिटर १७१ रुपैयाँ र तेस्रो वर्गको प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल पहिलो वर्गको प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा,दोस्रो वर्ग प्रतिलिटर १४३ रुपैयाँ र तेस्रो वर्ग प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ ।

निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको छ ।

आफ्नो पेट्रोलियम स्रोत नभएका मुलुकहरूमा मूल्य समायोजन र आपूर्ति व्यवस्थापन दुवै चुनौतीपूर्ण बनेको निगमले जनाएको छ ।

निगमले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x