सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

आफ्ना नजिककालाई नियुक्ति दिलाएको विषयले प्रधानमन्त्री कार्की विवादमा

काठमाडौं । नयाँ बन्ने सरकारलाई सत्ता हस्तान्तरण गर्ने समयमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नजिककालाई दिलाएका नियुक्ति विवादमा परेका छन् ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रियसभामा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेसँगै विवादमा तानिएकी हुन् ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गुल्मी–१ बाट निर्वाचित सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला नियुक्तिसम्बन्धी निर्णय सच्याएर गल्ती स्वीकार्न आग्रह गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णयले यसअघिका योगदान ओझेलमा पर्ने अवस्था आएको भन्दै उनले ती निर्णय पुनर्विचार गर्न अनुरोध गरेका हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीले निर्णय सच्याएर उदारता देखाउनुपर्ने बताएका छन् । उनले कुनै विज्ञता वा अनुभवबिनै प्रधानमन्त्रीका स्वकीय सचिव भएको आधारमा प्रकृति संरक्षण कोषजस्तो जिम्मेवार निकायको नेतृत्व दिन नमिल्ने टिप्पणी पनि गरेका छन्।

यसैगरी, म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिवलाई गरेको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन्।उनले कोषको कार्यकारी पदमा आफ्नै स्वकीयलाई नियुक्ति गर्नु एक सय प्रतिशत गलत भएको भन्दै नियुक्त भएका आदर्र्शलाई त्यो पद नलिन आग्रह गरेका छन्।

यस्तै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अरुले गरे नेपोबेबी र भागबण्डा आफूले गरे योगदानको कदर र जिम्मेवारी बाँडफाँड हुने कस्तो प्रवृत्ति हो भन्दै प्रश्न गरेकी छिन्। जेनजी आन्दोलनको प्रतिवेदन अझैपनि सार्वजनिक नगरिएको भन्दै सवकीय नियुक्त गर्ने निर्णय प्रधानमन्त्रीकै हो वा नियुक्ति खाने श्रेष्ठले नै गर्न लगाएको भन्दै प्रश्न उठाएकी हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x