नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउसोदेखि बैठक सुरु भएको हो ।
पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ ।
बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि थापा भने बैठकमा उपस्थित भएका छैनन् ।
बैठक सकेसम्म आज नसकिए भोलि सकिने जनाइएको छ । बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिने पनि बताइएको छ ।
यस्तै आजको बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्ने बताइएको छ । उक्त राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि सार्ने तयारी उपसभापति शर्माले अघि बढाउने तयारी गरेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE