कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
शुक्रबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिएका हुन् ।
बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो ।उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।
बैठकमा बोल्ने बहुमत सदस्यहरुले नैतिकताको आधारमा दिएको राजीनामाको उच्च सम्मान गर्दै अस्वीकृत गर्नुपर्ने धारणा राखेको उनको भनाइ छ । प्रवक्ता चालिसेकाअनुसार अधिकांश सदस्यहरुले देशको पछिल्लो परिस्थिति र पार्टी पुननिर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अहिलेको समय परिस्थिति सम्हाल्न तथा पार्टीलाई थप जिम्मेवारीका साथ अघि बढाउने बेला उनको भनाइ छ ।
जारी बैठकले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएको जनमतलाई स्वीकार्ने निर्णय गरेको पनि प्रवक्ता चालिसेले जानकारी दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE