बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

नयाँ सरकारले जातीय विभेद नहुनेगरी काम गर्नुपर्छः तपबहादुर मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताएका छन् ।

६१ औँ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । नयाँ सरकारले दलितको हक अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा सचेत भएर काम गर्न आवश्यक रहेको अध्यक्ष मगरको भनाई थियो । उनले जातीय विभेद अन्त्यका लागि आयोगले सम्बन्धित सबै पक्षहरु मिलेर काम गरिरहेको दावी समेत गरे। उनले जातीय विभेद अन्त्यका लागि विद्यमान कानून कार्यान्वयनमा जोड दिन आवश्यक रहेको समेत दोहो¥याए ।

अध्यक्ष मगरले जातीय विभेद अन्त्यका लागि नेपाली समाजको मानसिकतामा नै परिवर्तन ल्याउन जरुरी रहेको पनि बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x