सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

चालु आर्थिक वर्षको ८ औं महिनामा करिव २ खर्ब निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को ८ औं महिनामा निर्यात करिव २ खर्ब पुगेको छ ।

भन्सार विभागका अनुसार साउन–फागुनसम्म वस्तु निर्यात १ खर्ब ९१ अर्ब ११ करोड पुगेको हो ।

समीक्षा अवधिमा निर्यात व्यापार २०.८३ प्रतिशतले विस्तार भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ को यसै अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ हाराहारी मात्र थियो । चालु आवमा वनस्पति तेल नेपाल आयात गरी भारततर्फ निर्यात गर्ने व्यापार फस्टाउँदा निर्यातमा सकारात्मक प्रगति देखिएको हो ।

२ खर्ब नजिक पुगेको निर्यातमा यस वर्ष सबैभन्दा धेरै योगदान प्राकृतिक तेल तथा घ्यूको रहेको छ । जुन ८ महिनामा ८८ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ ।दोस्रो स्थानमा रहेको कफी, चिया तथा मसलाको हिस्सा १३ अर्ब ३६ करोड रुपैयाँ बराबरको छ । तेस्रो स्थानमा धागो तथा रेसा छ । जुन ८ अर्ब ९६ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

फागुन नेपालमा निर्वाचनको महिना भएपनि एक महिनामा वस्तु आयात १ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको भएको छ । तर, आयातको वृद्धिदर भने अघिल्लो महिना (माघ)को तुलनामा केही खुम्चिएको छ । फागुन मसान्तसम्म कुल १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै ८ महिनामा सबैभन्दा धेरै वस्तु आयात पेट्रोलियम पदार्थ÷इन्धनको भएको छ । यस अवधिमा नेपालमा २ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

वनस्पति तेल तथा जनावरको बोसो आयात समेत १ खर्ब माथि भएको छ । यस्तै ८ महिनामा यस्ता वस्तुको आयात १ खर्ब ८ अर्ब रुपैयाँ बराबर भएको छ । मेसिनरी र मेकानिकल उपकरण आयातमा ९१ अर्ब ९७ करोड रुपैयाँ विदेशिएको छ ।

नेपालको अधिकतम व्यापार भारत र चीनमा केन्द्रित रहेको छ । भारतबाट ८ महिनामा ७ खर्ब २४ अर्बको वस्तु नेपाल भित्रिएको छ । नेपालबाट १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको वस्तु भारत निर्यात भएको छ । चीनबाट यस अवधिमा २ खर्ब ६५ अर्बको वस्तु नेपाल आएको छ । नेपालबाट चीनतर्फ भने ९८ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ ।तेस्रो ठूलो व्यापार साझेदार मुलुक अर्जेन्टिना बनेको छ ।

८ महिनामा आयात भएका वस्तुमध्ये डिजेल पहिलो स्थानमा छ भने निर्यातमा सोयाविन तेल रहेको छ । जुन ७५ अर्ब ७७ करोड बराबरको निर्यात भइसकेको छ ।यस्तै ९ अर्ब ४९ जिर्यात भएसँगै दोस्रो स्थानमा अलैँची रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x