शतप्रतिशत केन्द्रिय सदस्य सभापतिको राजिनामा फिर्ता गर्नुपर्ने पक्षमा हुनुहुन्छः प्रवक्ता चालिसे
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजिनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रिय सदस्यहरु एकमत रहेको बताएका छन् ।
काँग्रेसको जारी केन्द्रिय समितिको बैठकमा हालसम्म ४६ जना केन्द्रिय सदस्यले धाराणा राखेको र सबैले राजिनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको उनको भनाइ छ । उनकाअनुसार बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको छ ।
बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रश्ताव पनि प्रश्तुत गरिएको छ । यसमा आधारित भएर अधिकांश केन्द्रिय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ ।
उनले भने, ‘विशेष गरेर निर्वाचनको समिक्षा र सभापतिको राजिनामा दुई विषयमा केन्द्रित रहेर बैठक सञ्चालन भइरहेको छ । बैठकमा राजिनामालाई अस्वीकृत गर्ने प्रश्ताव पनि सँगै छ, त्यसमा आधारित भएर अधिकांश साथीहरुले राय राख्नुभएको छ । हालसम्म ४६ जना केन्द्रिय सदस्यहरुले बोलिरहँदा शतप्रतिशत साथीहरुले सभापतिको राजिनामालाई फिर्ता गर्नुपर्ने र अस्वीकृत गर्नुपर्ने एकमत जाहेर गर्नुभएको छ ।’
काँग्रेसको केन्द्रिय समितिको बैठक हाल पार्टी मुख्यालय सानेपामा जारी छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीले ठूलो पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजिनामा दिएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE