बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

कांग्रेसमा अघि बढ्रयाे समानान्तर समिति गठन प्रक्रिया

काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढेको छ ।

कांग्रेसमा नेता शेरबहादुर देउवा समूहले आज बिहान छुट्टै भेला आयोजना गरी समानान्तर प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठक सानेपामा जारी रहेका बेला देउवा समूहले पुरानो केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरुलाई छलफलका लागि बोलाएको थियो ।

बैठकमा सहभागी नेता मीन विश्वकर्माले अदालतमा कांग्रेस नेतृत्वबारेमा मुद्दा विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म ‘समानान्तर गतिविधि’ कायमै रहने बताए ।

उनका अनुसार अघिल्लो केन्द्रीय समितिले कारबाही गरेका दुई नेता गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा बोलाइने छैन ।

“उहाँहरु कारबाहीमा पर्नुभएको छ, कारबाहीमा परेकालाई बोलाउन मिल्दैन,” उनले भने, “केन्द्रीय समितिको बैठक बोलाउने दिनको निर्णय गर्ने जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।”

उनले नेता खड्काले पार्टीका नेताहरुसँग परामर्श गरेर बैठक बोलाउने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x