सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

काठमाडौं । जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रि–चन्द्र बहुमुखी क्याम्पसको आयोजनामा मंगलवार क्याम्पस प्राङ्गणमा विरोध तथा खबरदारी कार्यक्रम गरिएको हो । ‘जेन–जी’ आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार भन्ने मुख्य नाराका साथ विद्यार्थीले प्रदर्शन गरेका छन् । आन्दोलनका क्रममा भएका घटनाहरू र त्यसको छानबिनका लागि गठित कार्की आयोगले तयार पारेको प्रतिवेदन सरकारले गुपचुप राखेको भन्दै विद्यार्थी आक्रोशित छन् । विद्यार्थीले यसलाई सूचनाको हक र लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध भएको बताएका छन् ।

प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलनका कार्यक्रमहरू निरन्तर जारी रहने पनि बताइएको छ । यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका थिए । तर सरकारले यस विषयमा कुनै ठोस कदम चालेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x