सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले प्रतिपक्षीमा बसेर सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताएका हुन् ।उनले सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने उल्लेख गरे ।

प्रपक्षी भन्नेबितिकै विरोध नै गर्नुपर्छ भन्ने मान्यताबाट आफ्नो पार्टी टाढा रहेको उनको भनाइ छ । उनले संसदबाट जनताले दिएको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x