रविको मुद्दामा आज पनि आएन आदेश, अर्को पेशी आइतबार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटउपरको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।
अब अर्को सुनुवाइ आइतबार हुनेछ ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको यो मुद्दाको सुनुवाइ केही दिनयता निरन्तर भइरहेको छ ।यसअघि मंगलबार रिट निवेदकको तर्फबाट बहस भएको थियो । आज महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सरकारी वकिलहरू जवाफी बहसमा उतारियो ।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेको हकमा अभियोगपत्र संशोधनको निर्णय गरेकी थिइन् । आलोचना बढेपछि २ माघमा अरु सबै आरोपितहरूको हकमा अभियोगपत्र संशोधनको निर्णय लिएकी थिइन् ।सर्वोच्चले यसअघि महान्यायाधिवक्ता कार्यालयको मुद्दा फिर्तासम्बन्धी निर्णयको कागजात मगाइसकेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE