३० आश्विन २०८३, शुक्रबार

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

0
Shares


काठमाडौं । प्रहरीले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै गृहमन्त्री सुधन गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेपछि लेखकलाई पक्राउ गरिएको हो ।

हिजो बसेको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक व्यक्तिको हकमा जाँचबुझ आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।