सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

पूर्णबहादुरको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेबारे कांग्रेस पदाधिकारीमा छलफल

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’को रुपमा जारी गरेको विज्ञप्तीलाई गम्भीर रुपमा लिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहान गरिएको गिरफ्तारी विरोधमा खड्काले विज्ञप्ति निकालेका थिए । पार्टीको संस्थागत निर्णय भन्दा बाहिर गएर खड्काले विज्ञप्ति निकालेको ठहर कांग्रेसले गरेको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार कार्यवाहक सभापतिको हैसियतमा खड्काले विज्ञप्ति निकालेपछि शनिबार साँझ पदाधिकारीहरुको बैठक बसेको थियो । ती नेताका अनुसार खड्काले निकालेको विज्ञप्तिलाई पार्टीले गम्भीर रुपमा लिएको छ । उनी भन्छन्, ‘उहाँले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय हो । अब फेरि पनि कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकाल्ने वा समानान्तर गतिविधि गरे उहाँको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बारेमा छलफल भएको छ ।’

विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता सबैले अद्यावधिक गर्ने निर्णय गरेको छ । नेतादेखि कार्यकर्ता सबैले क्रियाशील सदस्यता पुनस् लिनुपर्ने विधि बनाएको छ ।

ती नेताले भने, ‘हामीले क्रियाशील सदस्यता खारेज नभनेर अद्यावधिक गर्ने भनेका छौं । सभापतिले काठमाडौं वडा नम्बर ३० बाट अद्यावधिक गरेजस्तै पूर्णबहादुर दाइले सुर्खेतको त्यहाँको वडाबाट अद्यावधिक गर्नुपर्दछ ।’ कार्यवाहक सभापतिको रुपमा खड्काले कार्य गर्दै गएको अवस्थामा तल्लो तहबाट क्रियाशील सदस्यता अद्यावधिक भएपनि केन्द्रले खारेज गरिदिने ती नेताले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x