आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

काठमाण्डौका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ

काठमाडौं । काठमाण्डौका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान रिजाललाई सुविधानगरमा रहेको निवासबाटै पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।

गएको भदौ २३ र २४ गते नवयुवा आन्दोलन हुँदा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो ।

रिजालमाथि आन्दोलनमा दमन गरेको आरोप लागेको छ । यसअघि प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x