सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

देउवा समूहले आजदेखि सुरु गरेको बैठकमा मुख्य तीन एजेन्डामा केन्द्रित रहेर छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर शेरबहादुर देउवा समूहले आजदेखि सुरु गरेको बैठकमा मुख्य तीन एजेन्डामा केन्द्रित रहेर छलफल जारी छ ।

धुम्बाराहीस्थित होटल स्मार्टमा बिहानदेखि सुरु भएको बैठकमा निर्वाचनको समीक्षा र आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको जनाइएको छ ।

बैठकमा हालै सम्पन्न निर्वाचनको विस्तृत समीक्षा,मुलुकको बदलिँदो राजनीतिक अवस्था र पार्टीको भूमिका र पन्ध्रौँ नियमित महाधिवेशनको तयारी र निर्णयबारे छलफल भैरहेको छ । बैठकमा विशेष महाधिवेशनमार्फत चयन भएको वर्तमान नेतृत्वको वैधानिकतामाथि समेत प्रश्न उठाइएको छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस १८ गतेको बैठकबाट आगामी वैशाख २८–३१ गतेका लागि पन्ध्रौँ महाधिवेशनको मिति तय गरेको दाबी गर्दै इतर पक्षले सोहीअनुसार तयारी थालेको बताएको छ ।

इतर समूहले केन्द्रीय कार्यसमिति बैठकको समापनपछि आगामी चैत १९ गते जिल्ला सभापतिको भेला समेत आह्वान गरेको छ । पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्ष चर्किएका बेला बोलाइएको यो भेलालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x