काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक भए पनि त्यसलाई मर्यादित रुपमा संवादको परिधिभित्र राख्नुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जलमा प्रवक्ता चालिसेले पार्टीभित्रको असहमति यदि आत्मकेन्द्रित र समानान्तर गतिविधिमा परिणत भएमा त्यसले पार्टीलाई न्याय नगर्ने बताएका हुन् ।
प्रवक्ता चालिसेले लेखेका छन्, ‘महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सवैका लागि श्रेयस्कर हुन्छ।’
चालिसेले नेतृत्वको बाटो विधानअनुसार खुला रहेको र पार्टीको अनुशासन सबैले पालना गर्नुपर्ने बताए। ‘नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ,’ चालिसेले भने।
उनले आज गरिने कर्मले भोलि आफैंलाई लज्जित नपार्ने गरी अघि बढ्न उनको आग्रह छ ।
शेरबहादुर देउवा र डा। शेखर कोइराला समूहले गरेको भेलालाई लक्षित गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।