युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न भन्दै एमाले नेतृत्वलाई पुष्पगुच्छा उपहार
काठमाडौं । नेकपा (एमाले) का युवा र विद्यार्थीहरुले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न पार्टी नेतृत्वमाथि दबाब दिन शुरु गरेका छन् ।
शुक्रवार पार्टीको सचिवालय बैठकमा सहभागी हुन पुग्नुभएका पार्टीका नेताहरुलाई पार्टी मुख्यालय च्यासलमा उपहार स्वरुप पुष्पगुच्छा दिँदै उनीहरुले सो दबाब दिएका हुन् । पार्टी संसदीय दलको नेता चयनमा सांसद सुहाङ नेम्वाङलाई बनाउनुपर्छं भन्ने लविङ गर्दै आएका उनीहरुले अपेक्षाअनुसार परिणाम नआएपछि पार्टी नेतृत्वको आलोचना गर्न शुरु गरेका छन् ।
विशेष गरी अनेरास्ववियु आवद्ध विद्यार्थी नेताहरुले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अब पनि नभए एमालेमा देखिएको संकट झनै गहिरिँदै जाने भन्दै नेतृत्व हस्तान्तरणका लागि पार्टी नेतृत्वमाथि दवाव बढाएका हुन् । अहिले च्यासलमा प्रतिनिधि सभाको बिहीवारको बैठकमा संसदीय दलका नेता रामबहादुर थापाले राखेका धारणाबारे छलफल गर्न बैठक जारी छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE