खाडी मुलुकमा युद्धको मारमा परेका नेपालीहरुलाई सरकारले तत्काल स्वदेश फर्काउने व्यवस्था गरोस्ः सांसद बोहरा
काठमाडौंराष्ट्रिय सभाका सांसद उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सरकारसँग सो माग गरेका हुन। अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरुको जीवन जोखिममा परेकाले उनीहरुलाई स्वदेश फर्काउने र उनीहरुको सुरक्षाको सुनिश्चित गराउने जिम्मेवारी सरकारको रहेको सांसद बोहराको भनाई थियो ।
उनले भने ,‘अमेरिका, इजरायल, इरान युद्धका कारण खाडी मुलुकमा रहेका ८० देखि ८५ हजार नेपालीहरु अुरक्षित बनेका छन् । हिंसाकै कारण एकको मृत्यु केही देशमा घाईते समेत भएको पुष्टि भईसकेका छन् । नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्कन चाहन्छन् । उनीहरुको सुरक्षाको सुनिश्चित गर्न र स्वदेश फर्कन चाहनेहरुलाई सुरक्षित रुपमा फर्किने व्यवस्था मिलाउन सम्माननीय अध्यक्षज्यूमार्फत म सरकारको ध्यान केन्द्रित गर्न चाहन्छु ।’
सांसद बोहराले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेकाले सरकारले त्यसमा पनि उचित कदम चाल्नुपर्ने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE