सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट सोमबारका लागि ‘हेर्दाहेर्दै’ मा निरन्तर रहेको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ । सोमबार महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । सम्भवतः सोमबार निर्णय आउन सक्नेछ ।

भदौ २३ र २४ को घटनामा जाँचबुझका लागि गठित आयोगको सिफारिसअनुसार, ओली र लेखक अनुसन्धानका लागि पक्राउ परेका थिए । दुवै जना चैत १४ गते बिहान पक्राउ परेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x