३० आश्विन २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई बिनासर्त रिहा गर्न माग

0
Shares


काठमाडौं । नेकपा एमालेकी सांसद विष्णुमाया विकले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग गरेकी छिन् ।

सोमबार प्रतिनिधिमामा बोल्दै विकले ओली–लेखक भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरेकी हुन ।

उनले भनिन्, “हाम्रा अध्यक्ष केपी शर्मा ओली र रमेश लेकखलाई गिरफ्तार गरिएको छ । उहाँहरू भाग्ने र प्रमाण नष्ट गर्ने सम्भावना छैन । सरकारमा पनि हुनुहुन्न । ठुलो दुर्घटना भएको छ देशमा । उहाँहरूलाई बिनासर्त रिहा गरियोस्” ।