बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

संसदलाई निष्क्रियताको थलो नभई कार्यसम्पादनको प्रभावकारी केन्द्र बनाऔँः सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसदलाई निष्क्रियताको थलो नभई कार्यसम्पादनको प्रभावकारी केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा कार्यसूचीमा प्रवेश गर्नुअघि सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका हन् । अर्यालले संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूल मान्यतालाई व्यवहारमा उतार्दै संसदलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताए । उनले संसदीय अभ्यासलाई सशक्त बनाउँदै संस्थागत विकास गर्न सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको उल्लेख गरे । सभामुख अर्यालले नयाँ पुस्ता, विशेषगरी जेन–जी युवा तथा आम नागरिकका मुद्दा सम्बोधन गर्ने जिम्मेवारी सांसदहरूमा रहेको स्पष्ट पारेका छन् ।

उनले सभामुखको भुमिका निष्पक्ष र तटस्थ भएर निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पश्चात चौतर्फी आलोचना भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x