बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

गृहमन्त्रीद्वारा नेपालीले स्वीस बैंकमा पैसा राखे नराखेको अनुसन्धामा सहयोग गर्न राजदूतसँग आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे नराखेको विषयमा अनुसन्धानका लागि सघाउन आग्रह गरेका छन् ।

गृहमन्त्री गुरुङले नेपालस्थित स्विट्जरल्यान्डकी राजदूतसँगको भेटमा यस्तो आग्रह गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

नेपालस्थित स्वीस दूतावासले पनि गृहमन्त्री गुरुङसँग शिष्टाचार भेट भएको उल्लेख गरेको छ । दूतावासले आफ्नो सामाजिक सञ्जालमा राजदूत डानियल मेउलीले बुधबार गृहमन्त्री गुरुङसँग शिष्टाचार भेटवार्ता गरेको उल्लेख गरेको छ ।

उक्त भेटमा स्विट्जरल्यान्ड र नेपालको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने विषयमा केन्द्रित भएको दुतावासले जनाएको छ । त्यसक्रममा विकास सहयोग, विपद् व्यवस्थापन तथा सुशासनका विषयमा पनि छलफल भएको दूतावासले उल्लेख गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x