बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

ललितपुरमा दाजुभाइको हत्या, पाँच जना पक्राउ

काठमाडौं । ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा हिजो चक्कु प्रहार गरेर दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । चक्कु प्रहार गर्ने सञ्जीव नेपालीसहित ५ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिजो बेलुकी नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो । नचिनेको नम्बरबाट फोन आएपछि शुरूमा केहीबेर सामान्य कुराकानी भए पनि पछि फोनमै विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए ।

इमाडोलबाट उनीहरू पाटन पुगेलगत्तै मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियारले प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x