बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एवं पूर्व गृहमन्त्री रमेश लेखक १३ दिनको हिरासत बसाइपछि रिहा भएका छन् ।

पूर्व प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका हुन् भने पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् ।

ओलीलालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो ।

यस्तै लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

ओली र लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको जनामइएको छ ।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओली र लेखक भक्तपुरबाट पक्राउ परेका थिए । सर्वोच्च अदालतको आदेश अनुसार दुवैजनालाई आफन्तको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट आइपुगेपछि छाडिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते ओलीलाई गुन्डुस्थित निवासबाटै र लेखलाई पनि उनको निवासबाटै पक्राउ गरेको थियो । त्यसलगत्तै लेखकलाई नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएको थियो भने विभिन्न ६ वटा रोगको सामना गरिरहेका ओली चैत १५ गतेदेखि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा भर्ना भएपछि चिकित्सकहरूले उनलाई पित्तथैलीमा पत्थरी, थाइराइड, मधुमेह, उच्च रक्तचापसहितका समस्या भएको बताएका थिए । निरन्तर निगरानीमा राखेर उपचार गर्नुपर्ने भएपछि ओलीलाई चिकित्सकहरूले अस्पतालबाट डिस्चार्ज गर्न अस्वीकार गरेका थिए । त्यहीकारण उनले प्रहरी कार्यालयको हिरासतमा बस्नु भने परेन । अहिलो पनि तत्काल ओलीलाई डिस्चार्ज गर्न नमिल्ने अस्पतालले जनाएको छ ।

गत चैत २३ गते सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तेस्रो पटक थपिएको पाँच दिने म्याद सकिएपछि हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो जिल्ला अदालत काठमाडौंबाट आइतबार थपिएको ५ दिने म्याद सकिएसँगै आगामी चैत २६ गते हिरासतमुक्त गर्ने गरी सर्वोच्चले आदेश दिएको थियो।जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक दुवैजनालाई ५ दिन अझै हिरासतमा राख्न अनुमति दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x