बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् ।

“राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२÷१२÷२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त बैठकपछि चालु अधिवेशन अन्त्य हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x