बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

सार्वजनिक गाडीमा आरक्षित सिट नराखे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं। सरकारले सार्वजनिक गाडीमा आरक्षित सिट अनिवार्य नराखे कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर यस्तो चेतावनी दिएको हो ।

यात्रुवाहक गाडीमा चार सिट अशक्त व्यक्तिका लागि र दुई सिट महिलाका लागि आरक्षित राख्नुपर्ने व्यवस्था छ । लामो तथा छोटो दूरीका गाडीले यस्तो सिट अनिवार्य नगरेको पाइएको भन्दै विभागले कारबाही चेतावनी दिएको हो ।

विभागले लामो बाटोमा सञ्चालन हुने गाडीका हकमा गन्तव्यतर्फ प्रस्थान गर्नुभन्दा न्यूनतम चार घण्टा अगाडिसम्म सिट सुरक्षित राख्नुपर्ने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x