काठमाडाैं महानगरमा एउटै क्षेत्रका कर्मचारीको समूह बनाएर आलोपालो गाडी प्रयोग
काठमाडौं। इन्धन खपत घटाउन काठमाण्डौ महानगरपालिकाले कर्मचारीहरूलाई उपलब्ध गराएको गाडीलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो गरिएको महानगरपालिकाले जनाएको छ ।
‘कार पुलिङ्’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने कर्मचारीहरूको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको गाडी आलोपालो सञ्चालन गरेर आफू नजिकका कर्मचारीलाई पनि ल्याउने र लैजाने गर्नुर्पे जनाइएको छ । यसो गर्दा कार्यालयमा आउने जाने गाडी संख्या र इन्धनको प्रयोग घट्ने महानगरको दाबी छ ।
विश्वभर इन्धनको अभाव भएको बेला पहिलेकै अवस्थामा गाडी सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने अवस्था आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प नभएको महानगरको भनाइ छ । महानगरपालिकाले ४८औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE