बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनि, घर अपार्टमेन्ट ४ वटा, बैंक ब्यालेन्स १ करोड ९० लाख

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् ।

आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा अपार्टमेन्ट २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

उनले यस्को स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् ।

उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

यस्तै उनले आफूसँग ४५ तोला सुन रहेको खुलाएका छन् ।

आज सार्वजनिक सम्पत्ति विवरणमा अर्थमन्त्री वाग्लेले पारिवारिक र रोजगारीबाट कमाएको रकमबाट जोडेको ४५ तोला सुन रहेको खुलाएका हुन् ।

त्यस्तै उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् ।

उनले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् ।

उनले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको पनि बताएका छन् ।

त्यस्तै उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x