बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

बुटवलमा सडक र फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामा चल्याे डाेजर

काठमाडौं। बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीलाई स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न आग्रह गरेको हो ।

फुटपाथ खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि उपमहानगरपालिकाले डोजर चलाएर फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो ।अभियान अन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण हटाइएको छ । निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगरप्रमुख खेलराज पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो । फुटपाथ खाली गरिएसंगै पैदलयात्रीलाई सहज आवागमनको सुविधा पुगेको छ भने सवारी चाप व्यवस्थापनमा समेत सहयोग पुगेको छ । यसले दुर्घटना न्यूनीकरण, ट्राफिक जाम नियन्त्रण र सार्वजनिक स्थानको प्रभावकारी उपयोगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

साथै, शहरको सौन्दर्य वृद्धि भई पर्यटक आकर्षण बढ्ने र दीर्घकालमा व्यवस्थित व्यापारिक वातावरण निर्माण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ । तर फुटपाथ व्यवसायीहरुले भने बैकल्पिक स्थान दिनुपर्ने माग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x