शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा पर्यटनमन्त्री श्रेष्ठको जोड

काठमाडौं । वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनः समृद्धिको आधार’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमा मठमन्दिर निर्माणमा प्राथमिकता दिएको भएपनि मौलिक सम्पदाको संरक्षणमा लगानी न्यून रहेको उनको भनाइ छ । उनले भएका सम्पदाको संरक्षणलाई प्राथमिकता दिन सके मात्रै सांस्कृतिक धरोहर जोगाउन सकिने बताए। उनले संस्कृति र सम्पदा संरक्षणप्रति नवयुवा पुस्तामा चासो नहुनु चिन्ताको विषय भएको बताए। उनले सांस्कृति पर्व एवं सम्पदाको महत्वबारे आउने पुस्तालाई बुझाउन आवश्यक रहेको पनि बताए ।

उनले काठमाडौं उपत्यकामा सञ्चालन हुने विभिन्न जात्रा तथा रथयात्रामा युवापुस्ताको सहभागिता घट्दै गएको उल्लेख गर्दै यसले सम्पदा संरक्षणमा चुनौती बढ्दै गएको समेत बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x