शेरबहादुर देउवा समूहले आगामी रणनीति तय गर्न छलफललाई तीव्रता दिदै
काठमाडौं। सर्वोच्च अदालतबाट नेपाली कांग्रेसको आधिकारिता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी रणनीति तय गर्न छलफललाई तीव्रता दिएको छ ।सर्वोच्च अदालतबाट आफ्नो पक्षमा निर्णय नआएसँगै देउवा पक्ष रक्षात्मक बनेको हो ।
पार्टीमा आगामी रणनीति कस्तो अपनाउने भनेर यो समूहका नेता पूर्णबहादुर खड्काले विभिन्न छलफल गरिरहेका छन् । सोही अनुसार आज देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भेला भएका छन् ।
यसअघि शनिबार खड्काले आफ्नो निवासमा बोलाएर तत्कालीन पदाधिकारीहरूसँग छलफल गरेका थिए । छलफलले सर्वोच्च अदालतको निर्णयमा असहमति भए पनि स्वीकार गर्ने निष्कर्ष निकालेको थियो । आजको भेलामा पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमानसिंहलगायत नेताहरू सहभागी छन् । आजको भेलाले पार्टीमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने नेताहरूले बताएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE