सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक विशेषगरी सांगठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ ।

प्रवक्ता झाले बैठकको सुरुमा पार्टीका हालसम्मका गतिविधिहरूको व्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइने जानकारी दिए ।

बैठकको एक मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ। यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा गहन विमर्श हुने झाले बताए ।

रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ’स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने नयाँ प्रस्ताव पनि अघि सारेको छ। प्रवक्ता झाका अनुसार प्रवासमा रहेका नेपालीहरूलाई उनीहरू रहेकै ठाउँबाट मताधिकार सुनिश्चित गर्ने विषयलाई रास्वपाले प्राथमिकताका साथ कार्यसूचीमा राखेको छ ।

बैठकले सचिवालयले यसअघि गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न आयोग र निकायबाट प्राप्त पत्राचारका बारेमा पनि निर्णय लिनेछ। यसैगरी, विषयगत विभागहरूलाई योजना तयारी र नीति मन्थनका लागि आवश्यक निर्देशन दिने र संसदीय दलको विधान संशोधन गर्ने विषय पनि कार्यसूचीमा समेटिएको प्रवक्ता झाले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x